दुई वर्षदेखि थला परेकी भोजपुरकी सञ्‍जु तामाङको दर्दनाक अवस्था, बल्ल अस्पताल भर्ना



साझा पथ संवाददाता

काठमाडौं साउन १५ । दुई वर्षदेखि थला परेकी भोजपुरकी सञ्‍जु तामाङको दर्दनाक अवस्थामा पुगेपछि बल्ल अस्पताल भर्ना गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार नपाइरहेकी सञ्‍जुलाई जनता समाजवादीका नेता एवं समाजसेवी आङकाजी शेर्पाको पहलमा बुधबार काठमाडौंको जोरपाटीमा रहेको खाङरी अस्पतालमा भर्ना गरिको हो । लामो समयदेखि थला परेकी भोजपुर आम्तेक पितौलाका तामाङको जिउ पछाडिको भाग कुहिएको समाजसेवी शेर्पाले बताए । अस्वस्थ तामाङका श्रीमान् र छोराहरू ज्याला मजदुरी गर्दै आएका छन् । उनीहरुले आर्थिक अवस्था कमजोर भएको भन्दै उपचारमा नगरिएको बताए ।

सञ्‍जु तामाङको उपचारमा संलग्न डा लक्ष्मी आव र डा छेवाङ शेर्पा लगायतको टोली संलग्न छ । उनको अमेरिका डालस निवासी अनुप राई तथा पसी शेर्पाबाट प्राप्त रकम ३० हजार रुपैयाँबाट उपचार सुरू गरिएको छ ।

भर्ना गरिएको दिन शर्पाले खर्च विवरण सार्वजनिक गरेका छन् ।
हाल सम्मको खर्च
(१) औषधि पसलमा डिपोजिट ५ हज़ार
(२) हस्पिटल डिपोजिट रू १० हज़ार
(३) डाइपर लुगा, पन्जा कम्बल रू ४ हज़ार
(४) बिरामी खाना डिपोजिट रू २ हज़ार

सन्जु तामाङ उपचार सहयोग समिति गठन

यसैबीच सन्जु तामाङ उपचार सहयोग समिति गठन गरिएको छ । नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ, नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा, बिरामीका कान्छा छोरा प्रदीप तामाङ र समाजसेवी दाङिमा शेर्पा लगायत समितिमा छन् ।

(१) बाबु घिसिङ, महासचिव नेपाल तामाड० घेदुड० 9841842151
(२) आङकाजी शेर्पा, पूर्व महासचिव नेपालआदिवासी जनजाति महासंघ 9851048184

(३) प्रदीप तामाङ, बिरामीको कान्छा छोरा ‭9818902066‬

(४) दाङिमा शेर्पा स्थानीय समाजसेवी युवा 9864674877

प्रतिक्रिया दिनुहोस्