कोरोना अपडेट:बितेको २४ घण्टामा २७४ संक्रमित थपिए



काठमाडौं,साउन १५ । पछिल्लो दिन यता कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । बितेको २४ घन्टामा २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका २ सय ७४ जनासहित देशभर संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १४ हजार २ सय ४८ जना उपचारपछि घर फर्किएका छन् भने ५२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्