काठमाडौं उपत्यकामा थप ४८ जनामा कोरोना संक्रमण, जोखिम बढ्दो



काठमाडौं,साउन १५ । काठमाडौं उपत्यकामा थप ४८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार काठमाडौंसहित उपत्यकाका भक्तपुर र ललितपुरमा समेत गरी बितेको २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरसको संक्रमित भेटिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा काठमाडौंका ४१ जना, ललितपुरका २ जना र भक्तपुरका ५ जनामा कोरोना संक्रमण भएको जनाएका छन् ।

उपत्यकाका विभिन्न ठाउँमा देखिएको संक्रमणको स्रोत पुष्टि हुन नसकेकाले सतर्कता अप्नाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

विभिन्न जिल्लामा थपिएका २ सय ७४ जनासहित देशभर संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

संक्रमितमध्ये १४ हजार २ सय ४८ जना उपचारपछि घर फर्किएका छन् भने ५२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्