नुवाकोट प्रहरीद्वारा कोरोनाविरुद्ध सचेतनामूलक कार्यक्रम



नुवाकोट,साउन १५ ।  नुवाकोट प्रहरीले  कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रम गरेको छ।’समुदाय-प्रहरी साझेदारी अवधारणा’ अन्तर्गत नुवाकोट प्रहरीले सचेतनामुलक कार्यक्रम गरेको हो ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजना तथा जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयोजनमा भएको कार्यालयले जनाएको छ । बिश्वब्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना रोकथामका लागि आम नागरिकले स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको अपनाउनु पर्ने बारेमा प्रहरीले  सचेतनामुलक प्रर्दशन गरेको हो ।

माक्स नलगाई हिँड्ने वटुवाहरुलाई माक्स समेत वितरण गर्दै लोकतान्त्रिक चौताराबाट शुरु भएको प्रहरीको र्र्याली बट्टार बजार हुँदै हावाघरसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाड, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्ले , सशस्त्र प्रहरी गुल्म १९ का जनक सापकोटा, विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विरेन्द्रकुमार शाही, वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्