वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या १०६६ पुग्यो



काठमाडौ,साउन १६ । वाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६६ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

बिहिबार प्रदेशको ८ जिल्लाको ५४ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १ हजार ६६ पुगेको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेहरुमा काठमाण्डौका ४१ जना,ललितपुरका २ जना,भक्तपुरका २ जना,नुवाकोटका २ जना, धादिङका ४ जना,चितवनका १ जना,मकवानपुरका १ जना,दोलखाका १ जना गरि ५४ जना रहेका छन् ।

यसैगरि प्रदेशमा हालसम्म कोरोना भाइरसको कारण १० जनाको मृत्यु भएको छ भने ५ सय २४ संक्रमित उपचार पछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्