नेपालमा कोरोना संक्रमणबाट थप ४ को मृत्यु



नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र एक जना महिला छन् ।
मृतक मध्ये ३ जना पुरुषको विरगञ्जमा उपचारको क्रममा हिजो राति मृत्यु भएको हो । एकजना महिलाको आज पाटन अस्पतालमा मृत्यु भएको हो ।
६५ वर्षिया ललितपुरकी महिलाको शुक्रबार बिहान पाटन अस्पतालमा निधन भएको अस्पतालले जनाएको हो । स्टार अस्पतालबाट कोरोना पोजेटिभ देखिएपछि साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो । हिजो राति विरगञ्जमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ५६ वर्षका मुटुका रोगी जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत, नगवालका ३५ वर्षिय पुरुष र छपकैयाका ६५ वर्षिय पुरुष रहेका थिए । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्