शंकास्पद सुनको सुराकी दिने श्रेष्ठ पक्राउ



काठमाडौ,साउन १६ । कमलादीबाट बरामद भएको शंकास्पद १५ किलो सुनचाँदीको सुराकी दिने उमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई समेत पक्राउ गरेर अनुसन्धान शुरु गरेको हो ।

श्रेष्ठले दिएको सुराकीका आधारमा मंगलबार डिएसपी रन्जन दाहाल नेतृत्वको टोलीले गरेको ‘सुन अप्रेशन’ विवादमा छ । सुराकी श्रेष्ठलाई महानगरीय प्रहरी वृत दरबारमार्गको हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाइएको छ । उनले दिएको गलत सुचनाका कारण प्रहरीकै बदनामी भएको अधिकारीहरुको दाबी छ ।

उमेशले सिआरभी कम्प्याक रिक्रेशनल भेहिकल चालक प्रहरी जवान बहादुर सिंह कठायतलाई पहिलो सुराक दिएका थिए । उमेशको सुचना कठायले दरबारमार्ग वृतमा सादा पोशाकमा कार्यरत प्रशन्न श्रेष्ठसँग सेयर गरेपछि सुन अप्रेशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्