कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २२४ संक्रमित थपिए



काठमाडौं,साउन १६ । बितेको २४ घन्टामा देशभर २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंसहित देशका विभिन्न ठाउँमा स्रोत पहिचान नभएको कोरोना भाइरसको संक्रमण देखिन थालेको छ ।

नयाँ संक्रमित २ सय २४  जनासहित देशभर संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना उपचारपछि घर फर्किएका छन् भने ५६ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्