नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुग्यो



नुवाकोट,साउन १६ । नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ जना पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र शिक्षण अस्पताल महाराजगन्जबाट प्राप्त रिपोर्ट अनुसार जिल्लाको विदुर नगरपालिकाका १(२७ वर्षीया महिला),पञ्चकन्या गाउँपालिकाका २ जना पुरुष(३१ र २४ वर्ष),बेलकोटगढी नगरपालिकाका २७ वर्षीय पुरुष,शिवपुरी गाउँपालिकाका १ जनामा पिसिआर परिक्षणका क्रममा नतिजा पोजेटिभ पाइएको हो ।

शिवपुरी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका संक्रमित ब्यक्तिहरु काठमाडौस्थित आइसोलेसनमा रहेका छन भने विदुर नगरपालिका र पञ्चकन्या गाउँपालिकाका ब्यक्तिहरु त्रिशुली अस्पतालको आइसोलेसनमा रहेको अस्पताल श्रोतले जनाएको छ।यससँगै नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुगेको हो ।

तर,सक्रिय संक्रमितमध्ये हालसम्म त्रिशुली अस्पतालमा रहेको आइसोलेसनमा ३ जना, काठमाडौंस्थित आइसोलेसनमा ३ जना उपचाररत छन् । जिल्ला स्वास्थ्य कार्यालयको अनुसार अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या ३७ जना रहेको छ । आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्