नुवाकोटका तामाङ दम्पतीले नै पाए सरकारी नियुक्ति



कानुन व्यवसायी होम दोङ र लोकप्रिय गायिका इन्दिरा योञ्‍जन तामाङ

काठमाडौं,साउन १६ । नुवाकोट दुप्चेश्वर गाउँपालिका एक दम्पती नै सरकारी नियुक्ति पाएका छन् । दुप्चेश्वर गाउँपालिकाका होम दोङ र इन्दिरा योञ्‍जन तामाङ मन्त्रिपरिषद्को निर्णयअनुसार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति र राष्ट्रिय बाल कल्याण परिषद्‍मा जिम्मेवारी पाएका हुन् ।

कानुन व्यवसायी दोङ असार २ गते बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा र बालअधिकार परिषदको सदस्यमा गायिका समेत रहेकी योञ्‍जन बुधबार नियुक्त भएकी हुन् ।

उनी नेपाल तामाङ कलाकार संघका संस्थापक सदस्य, पूर्वकोषाध्यक्ष एवम् लोकप्रिय गायिकाको रुपमा परिचित छिन् ।

प्रतिक्रिया दिनुहोस्