सांसद प्रदीप यादवलाई कोरोनाभाइरस संक्रमण पुष्टि



काठमाडौं, साउन १७ । प्रतिनिधि सभाका सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। पर्साबाट प्रतिनिधित्व गर्ने सांसद यादवलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वयं यादवले शुक्रबार राति करीब ११ बजे सामाजिक सान्जाल फेसबुकमा स्टेटस लेख्दै जानकारी दिएका हुन्।

स्टाटसमा सांसद यादवले आफूलाई संक्रमणको कुनै लक्षण भने नदेखिएको जनाएका छन्। उनले फेसबुक स्टेटसमा लेखेका छन्, “मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। आफूलाई आइसोलेट गरेर राखेको छु।”

लामो स्टाटस लेख्दै उनले सबैलाइ सुरक्षित हुन अनुरोध गरेका छन्। उनले आत्मअनुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक काममा निस्किनु परेमा बिना मास्क ननिस्किन र व्यत्तिगत दूरी कायम राख्न आग्रह गरेका छन्। “संक्रमणमुक्त भएर मेरो प्राणभन्दा प्यारा जनाताको सेवामा चाडैं फर्किने छु”, उनले स्टेटसमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्