यस्तो छ शनिबारको मौसम पूर्वानुमान



काठमाडौं साउन १६ । जल तथा मौसम विज्ञान विभागले शनिबार मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको उल्लेख गरेको छ ।

विभागले शनिबार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । साथै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्