बौडेश्वर माध्यमिक विद्यालयमा अटोमेटिक सेनिटाईजर मेसिन जडान



अटोमेटिक सेनिटाईजर मेसिन हस्तान्तरणपछि वडा अध्यक्ष श्रीकृष्ण अधिकारीसंग छलफलका क्रममा प्रधानाध्यापक उत्तमप्रसाद अधिकारी

काठमाडौ,साउन १७ । काठमाडौ उपत्यकासहित देशभर कोरोना संक्रमणको महामारी बढिरहेको बेला बौडेश्वर माध्यमिक विद्यालयमा अटोमेटिक सेनिटाईजर मेसिन जडान गरिएको छ। टोखा नगरपालिकाको आर्थिक सहयोगमा नगरको वडा नम्बर १ झोर मा रहेको बौडेश्वर माध्यमिक  विद्यालयमा   अटोमेटिक सेनिटाईजर मेसिन जडान हो।

पछिल्लो समय यता काठमाडौंको विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या वृद्धिसंगै विद्यालय समेत उच्च संक्रमणका क्षेत्र भएकालेे जोखिम न्यूनीकरणका लागि सेनिटाईजर मेसिन जडान गरिएको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बताए।

विद्यालयमा सेनिटाइजर मेसिन जडान गरिदै

कुल ३५० विद्यार्थी अध्ययनरत उक्त विद्यालयका शिक्षक विद्यार्थीका लागि अटोमेटिक सेनिटाइजर मेसिन हस्तान्तरण गर्दै वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले हरेक क्षण,हरेक दिन कोरोनाको जोखिमबाट सर्वप्रथम कसरी जोगिने भन्ने बारे सचेत रहनुपर्ने बताए । विद्यालयका प्रधानाध्यापक उत्तमप्रसाद अधिकारीले नियमित हात धुने,सेनिटाइजरको प्रयोग गर्ने तथा पौष्टिकयुक्त आहारले मात्रै कोरोना जोखिमबाट बच्न सकिने बताए।

सरकारले विद्यालय सञ्चालनको तयारी भने भदौ १ देखि गर्ने तयारी गरेको छ।

विद्यालयको अत्याधुनिक सुविधासम्पन्न भवन

प्रतिक्रिया दिनुहोस्