‘इनफ इज इनफ’ अभियानको विरोध प्रदर्शन ,केही प्रदर्शनकारी पक्राउ



काठमाडौँ – साउन १७
सरकारले कोरोना भाइरस विरुद्धको अभियान प्रभावकारी रुपमा सञ्चालन नगरेको तथा आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले विरोध प्रदर्शन गरिरहेका छन् ।

अभियन्ताहरुले शनिबार बालुवाटार हाँडीगाउँमा प्रर्दशन गरेका छन् । सामाजिक दूरीसहितका नियम पालन गरी भएको प्रदर्शनमा पनि प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनकारीको भनाई छ । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।

‘इनफ इज इनफ’ का अभियन्ता ईशान अधिकारी ‘ई’ हाल दोस्रो पटकको सत्याग्रहमा छन् । सत्याग्रहको १५ दिन हुँदा उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको छ । सरकारले त्यस तर्फ पनि कुनै ध्यान नदिएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्