कोरोना अपडेट: बितेको २४ घण्टामा ३१५ संक्रमित थपिए



काठमाडौ,साउन १७ । बितेको २४ घन्टामा ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यता कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय १५ जना थपिएसंगै देशभर संक्रमितको संख्या २० हजार ८६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १४ हजार ४ सय ९२ जना उपचारपछि घर फर्किएका छन् भने ५६ जनाको अहिलेसम्म ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्