सेती नदिमा नुहाउने क्रममा २ जना स्वास्थ्यकर्मी बेपत्ता



डडेलधुरा साउन १७
डडेल्धुरामा कार्यरत २ जना स्वास्थ्यकर्मी शनिबार सेती नदिमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

डोटी जिल्लाको शिखर नगरपालिका १० गगनानस्थित सेती निदीमा नुहाउने क्रमममा नदिले बगाएर बेपत्ता भएका हुन् ।

डडेल्धुरा अस्पतालका चारै जना स्वास्थ्यकर्मीहरु शनिबार शैलेश्वरी दर्शन गर्न गएको र फर्किने समयमा नुहाउदा नदिले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी जनकराज पाण्डेयले बताएका छन् ।

बेपत्ता हुनेमा डडेल्धुराको परशुराम घर भएका हरी जोशी बझाङ स्थायी घर भएका बिनय सिह रहेका छन् भने एक जनाको उद्धार गरिएको छ ।

बेपत्ता भएकाहरुको प्रहरीको टोलीले खोजि गरिरहेको समेत एसपी पाण्डेयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्