काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित



काठमाडौ,साउन १७ । शनिबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शनिबारको पत्रकार सम्मेलनमा  उक्त तथ्यांक सार्वजनिक गरिएको हो । बितेको २४ घण्टामा गरिएको परीक्षणका क्रममा काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु काठमाडौंका पाँच र भक्तपुरका  एक जना रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० हजार ८६  पुगेको छ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये १४ हजार ४९२ जना निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्