कोरोना अपडेट : पर्सामा थप १ महिलाको मृत्यु, नेपालमा मृतकको संख्या ५८ पुग्यो



काठमाडौं साउन १८ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । पर्साको वीरगन्जस्थित वयोधा अस्पतालमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएसँगै कुल मृतक ५८ पुगेको हो ।

शुक्रबार पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएकी ६८ वर्षीया महिलाको शनिबार साँझ वीरगन्जको नारायणी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहले जानकारी दिए । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १६ नगवा निवासी ६८ वर्षीय महिला रहेकी छन् ।

यसअघि वयोधा अस्पतालमै उपाचारत वीरगन्ज–१६, नगवाकै ५० वर्षीया महिलाको मृत्यु भएको थियो भने उनको शुक्रबार राति अबेर मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्