महानगरीय ट्राफिक प्रहरी महाशाखा सिल, कोरोना पुष्टि भएका दुई जनालाई अस्पताल पठाइयो



काठमाडौं साउन १८ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ ।

महाशाखामा कार्यरत दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो । साथै एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ ।

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्