सरकारले लागू गरेका नियम र मापदण्डको पालना नहुँदा कोरोना संक्रमण बढ्यो : स्वास्थ्यमन्त्री ढकाल




काठमाडौँ साउन १८
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले लागू गरेका नियम र मापदण्डको पालना नहुँदा कोरोना भाइरसको संक्रमण बढेको बताएका छन् ।

लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको बताए। काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको उनले बताए।

मन्त्री ढकालले लकडाउनभन्दा अघि कोरोना संक्रमणको अवस्थालाई लिएर सबैमा भय र त्रास रहेको र लकडाउनमा सबै नागरिकले साथ दिएकाले नियन्त्रण र व्यवस्थापनामा केही हदसम्म सफल भएको बताए।

तर लकडाउन खोलेपछि मानिसहरुले सुरक्षा सावधानीहरुलाई उलङ्घन गरेकाले स्थिति खराब बन्दै गएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्