सिन्धुपाल्चोक मेलम्ची बजारमा पहिरो, ८ बेपत्तामा ३ को शव फेला



सिन्धुपाल्चोक साउन १९ । सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरोले पुरिएर बेपत्ता भएका ८ मध्ये ३ जनाको शव भेटिएको छ । ५ जनाको बेपत्ताको खोजी जारी छ ।

आइतबार मध्यरातमा मेलम्ची नगरपालिकामा गएको पहिरोमा परेर आठ जना बेपत्ता भएका थिए । एक जनाको जिवितै उद्दार गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनलने जनाकारी दिए । ७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका हुन् । गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए ।

घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेका छन् ।

तस्बिर : देवराज सुवेदी

प्रतिक्रिया दिनुहोस्