पर्सामा कोरोनाका ७३ नयाँ संक्रमित फेला, पत्रकार र सुरक्षाकर्मीमा संक्रमण



काठमाडौं साउन १९ । पर्सामा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) थप ७३ जना संक्रमति बनेका छन् ।

वीरगन्‍ज महानगरपालिकाको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको । संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला छन् ।

संक्रमित हुनेमा प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना छन् । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्