विद्युतिय धरापमा परेर दाङमा दाजुभाइको ज्यान गयो



दाङ,साउन १९ । दाङमा करेन्ट लागेर दाजु भाइको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १ बलाजुरे निवासी ३७ वर्षका दिलबहादुर रावतका दुई छोराहरुको करेन्ट लागेर ज्यान गएको हो । १४ बर्षका विरवल रावत र १० वर्षका चेतवहादुर रावतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मकै वारीमा वदेल मार्नका लागि विच्छयाइएको विजुलीको तारवाट करेन्टलाग्दा दाजुभाइको मृत्यु भएको छ ।

मकै लिन वारिमा गएका वालकले तार नदेखेका कारण उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी निरिक्षक राजकुमार गौतमले जानकारी दिनु भएको छ । चेतबहादुर पहिले विद्युतिय धरापमा परे पछि उनका दाजु विरवल भाइलाई तान्न गएकावेला उनलाई पनि करेन्ट लागेको र वाबु पनि दुई छोरालाई निकाल्न जाँदा गम्मीर घाइते भएको प्रहरी निरिक्षक गौतमले जानकारी गराउनु भयो । चिच्चाएको थाहा पाए पछि दिलवहादुरकी श्रीमतीले तार छुट्टयाए पछि दिल वहादुरको ज्यान वचेको प्रहरीको भनाइ छ ।

मकैवाली बदेलले नष्ट गर्न थाले पछि रातीमा करेन्ट छोडेको र विहान स्विच अफ नगरी वारीमा गएको वेला करेन्ट लागेको प्रहरीको भनाइ छ । घाइते चेत वहादुरको राप्तीस्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्