कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि दूरी कायम गर्न डब्ल्यूएचओको अपिल



काठमाडौं साउन १९

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गरेका छन् ।

पछिल्लो समय सरकारले लकडाउन हटाएपछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमण कम गर्न एक अर्काबीच दुरी कायम गर्नु सबैभन्दा महत्त्वपूर्ण रहेको छ । तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि भ्याण्डेलरले दुरी कायम गर्न अपिल गरेका हुन् ।

खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा सङ्क्रमण भइरहेको र एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपिल गर्नुभएको हो । उहाँले कम्तीमा एक मिटरको दुरी कायम गरेर क्रियाकलाप गर्न आग्रह गरेका छन् । त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले सङ्क्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्