सिन्धुपाल्चोक पहिरो: ज्यान गुमाउने १० जनाकै सनाखत



सिन्धुपाल्चोक,साउन १९ । सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका छुट्टाछुट्टै दुई स्थानमा पहिरोले घर, टहरो पुर्दा १० जनाको मृत्यु भएको छ। सोमबार बिहानीपख गएको पहिरोले मेलम्ची नगरपालिकामा आठ मजदुर र पाँचपोखरी थाङपालगाउँपालिकामा दुई स्थानीयको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेका अनुसार बिहान तीन बजेतिर मेलम्ची बजार क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोले नौ मजदुर सुतिरहेको टहरो पुरेको थियो । उनका अनुसार पहिरो पन्छाएर ज्यान गुमाउने सबै ८ काे शव टहरोबाट निकालिएको छ। मृतक सबैकाे पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृतकहरूमा भारतीय नागरिक वर्ष ४२ का राजेन्द्र चाैरसिया तथा वीरगन्जका वर्ष ३५ का प्रदीप चाैरसिया, वर्ष २१ का राजेन्द्र चाैधरी, वर्ष २५ का बिक्रम सिंह, वर्ष २३ का मानबहादुर रूम्बा,वर्ष २० का सिमन घलान, वर्ष २१ का शीवबालक धामी र वर्ष १७ का साेनाम लामा रहेका छन्।

उद्धार गरिएका घाइते भारतीय नागरिक बारु शाहलाई उपचारको लागि हेलिकप्टरबाट राजधानी लगिएको छ। उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्