कोरोना अपडेट: काठमाडौं उपत्यकामा ५१ सहित मुलुकभर ४१८ संक्रमित थपिए



काठमाडौं,साउन १९ । पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ। सोमबार मात्रै काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरसको संक्रमीत पुष्टि भएको हो । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा पछिल्लो २४ घन्टामा ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ४३ जना, भक्तपुरमा ५ जना र ललितपुरमा ३ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ४ सय १८ जनासहित देशभर संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १४ हजार ९ सय ६१ जना उपचारपछि घर फर्किएका छन् भने ५७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्