सोमबार मात्रै १२ अन्तर्राष्ट्रिय उडान,११६७ नेपाली स्वदेश फर्किए



काठमाडौं,साउन १९ । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सोमबार १२ अन्तर्राष्ट्रिय उडान भएका छन् ।उक्त अन्तर्राष्ट्रिय उडानमार्फत १ हजार १ सय ६७ जना नेपाली स्वदेश फर्किएका छन् । सो उडानमा ३ जना बालबालिका रहेका छन् भने ३ वटा शव रहेको छ । नेपाल एअरलाइन्सको जेदाह उडानबाट ३ वटा शव ल्याइएको हो।

क्वालालम्पुर उडानबाट १ सय ५१ जना फर्किएका छन् ।यस्तै हिमालय एअरलाइन्सको अवुधावी उडानबाट २ बालबालिकासहित १ सय ५१ जना नेपाल आएका छन् । एअर अरेवियाको सारजाहा उडानबाट १ बच्चासहित १ सय ६६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

यस्तै  तथा २ सय ५७ जना फर्किएका छन् भने दुबई उडानबाट १ सय ४६ जना नेपाल फर्किएका छन् । यता फ्लाई दुबईको उडानमार्फत १ सय ५६ जना फर्किएका छन् । यता अवुधावीबाट इतिहाद एअरको उडानमार्फत १ सय ३७ जना फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्