विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु



विराटनगर साउन १९

विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचारार्थ एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका वडा नं ५ का कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका चिकित्सक दीपक सिग्देलले जानकारी दिएका हुन् ।

यससँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि मोरङ जिल्लाकै सुनवर्षी नगरपालिकाका एक संक्रमितको उपचारकै क्रममा धरानमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्