गृह मन्त्रालयको नयाँ प्रवक्तामा बुढा



काठमाडौ,साउन १९ । गृह मन्त्रालयको नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढाले पाएका छन् ।

बुढा यसअघि गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका थिए। बुढालाई सोमबार गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

गृह मन्त्रालयमा शान्ति सुरक्षा महाशाखा प्रमुख नै प्रवक्ता हुने नियम छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिनअघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएपछि गृह प्रवक्ता र शान्ति सुरक्षा महाशाखा खाली रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्