श्रोत नखुलेको ९ लाख रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका दुईजना कर्मचारी पक्राउ



बुटवल साउन १्र९

श्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुईजना कर्मचारी रुपन्देहीमा पक्राउ परेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाया करिब ९ लाख रुपैयाँ घुससहित रुपन्देहीबाट पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् ।

उनीहरु नगद ३ लाख ४८ हजार रुपैयाँ र ५ लाख ५० हजारका विभिन्न बैँकका चेकसहित पक्राउ परेका भुसालले बताएका छन् । अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई निकुञ्जकै बा २ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरेको उनले बताए।

उनीहरु सोमबार दिउँसो सैनामैना नगरपालिका–१० बाट पक्राउ परेका हुन्। उनीहरुसँग आएको रकम र उनीहरुले कहाँ लैजाँदै थिए भन्नेबारे अनुसन्धान थालिएको भुसालले बताए।

प्रतिक्रिया दिनुहोस्