लगानी बोर्डको सीईओमा भट्ट नियुक्त



काठमाडौं साउन १९

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओमा शुशिल भट्टलाई नियुक्त गरेको छ। सोमबार बसेको बैठकले भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेको हो ।

यसअघि उनी राष्ट्रिय योजना आयोगको सदस्य थिए । बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि लगानी बोर्डको सीईओ पद रिक्त थियो ।

बोर्डको सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले मन्त्रिपरिषद्समक्ष डा। सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टको नाम सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्