प्रधानमन्त्री प्रचण्ड आज सर्लाही जाँदै



काठमाडौं,बैशाख २२ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाही जाँदै छन् ।

बलरा नगरपालिका–८, गडहिया डुमरियास्थीत जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।

बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री हेलिकप्टरमार्फत मध्याह्न गडहिया पुग्ने कार्यक्रम छ। प्रधानमन्त्रीको आगमनलाई लक्ष्य गरी बलरामा सुरक्षा सतर्कता उच्च बनाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्