खुकुरी प्रहारबाट युवक घाइते



मकवानपुर,बैशाख २२ । मकवानपुरको हेटौँडा–१० बसपार्कमा शनिबार बिहान खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नं.३ बसामाडी घर भई हाल हेटौँडा–११ थानाभर्याङ डेरा गरी बस्ने २० वर्षीय समीर थिङ र १८ वर्षीय पञ्च बहादुर तामाङले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने १९ वर्षीय आयुष कुँवरमाथि खुकुरी प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छी औँलामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते कुँवरको उपचारका लागि हेटौँडा अस्पतालमा पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्