नेपाल पत्रकार महासंघको चुनाव जेठ २६ गते हुने



काठमाडौं,बैशाख २२ । नेपाल पत्रकार महासंघको आगामी २६ जेठमा निर्वाचन गर्ने भएको छ। काठमाडौंमा सम्पन्न महासंघको २७ औँ महाधिवेशनले जेठ २६ गते महासंघको निर्वाचन गर्ने निर्णय गरेको हो।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो। तर महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग गरेपछि महासंघले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको एकसाथ निर्वाचन गर्ने निर्णय गरिएको हो।

नेपाली पत्रकारहरूको छाता संस्था महासंघमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ। प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासंघको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन्। निर्वाचनको मिति तोकेपनि महासंघले साधारण सदस्यको टुंगो भने लगाइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्