सशस्त्र प्रहरीका डीएसपीसहित १३१ मा कोरोना संक्रमण



काठमाडौं,साउन २० । देशका विभिन्न ठाउँमा सशस्त्र प्रहरी बलका डीएसपीसहित १३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका सशस्त्र प्रहरी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ६८ जना डिस्चार्ज भइ घर फर्किसकेका छन् ।

संक्रमित प्रहरीको सम्पर्कमा आएकाहरुको समेत स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ ।

संक्रमण देखिएका स्थानमा विभिन्न अन्य युनिटबाट कामकारबाहीका लागि टोली परिचालन गरिएको छ

प्रतिक्रिया दिनुहोस्