अख्तियारमा कार्यरत १५ कर्मचारीमा कोरोना संक्रमण



काठमाडौँ, साउन २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरुमा गरिएको परीक्षणका क्रममा १५ जनामा कोरोना पुष्टि भएको हो ।

सुरुमा एक सईमा संक्रमण पुष्टि भएको थियो। अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका सईमा संक्रमण पुष्टि भएसंगै स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार स्वाब संकलन गरेको थियो । एक सय ८२ जनाको स्वाब संकलन गरेकोमा १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार अख्तियारमा कार्यरत १५ जनामा संक्रमण पुष्टि भएकोमा सबैभन्दा बढी सुरक्षाकर्मीको संख्या रहेको छ।

मंगलबार (आज) प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्