कोरोना अपडेट: बितेको २४ घण्टामा २५९ संक्रमित थपिए,कुल संख्या २१००९



काठमाडौ,साउन २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससंगै कोरोना भाइरस संक्रमितको संख्या २१ हजार नाघेको छ भने पछिल्लो २४ घन्टामा थप एकजनाको मृत्यु भएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका २ सय ५९ जनासहित देशभर संक्रमितको संख्या २१ हजार ९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १५ हजार २६ जना उपचारपछि घर फर्किएका छन् भने ५८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्