बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिए



काठमाडौ,साउन २० । बितेको २४ घन्टामा काठमाडौंसहित उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणदर वृद्धि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार उपत्यकामा थपिनेहरुमा काठमाडौंका ४८ जना, भक्तपुरमा १३ जना र ललितपुरमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गौतमले विभिन्न जिल्लामा थपिएका २ सय ५९ जनासहित देशभर संक्रमितको संख्या २१ हजार ९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १५ हजार २६ जना उपचारपछि घर फर्किएका छन् भने ५८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्