आफ्ना आसेपासेलाई ‘थोक’मा जागिर खुवाउन सरकारले लोक सेवाको विज्ञापन बन्द गरेर अस्थायी दरबन्दी सिर्जना गर्यो : अनेरास्ववियु



काठमाडौं साउन २०

सरकारले लोक सेवाको विज्ञापन बन्द गरेर एकैदिन १६८१ अस्थायी दरबन्दी सिर्जना गरेकोप्रति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ ।

आफ्ना आसेपासेलाई ‘थोक’मा जागिर खुवाउन सरकारले यस्तो कदम चालेको भन्दै अनेरास्ववियूले आवश्यक कर्मचारी भर्नाको जिम्मा लोक सेवा आयोगलाई नै दिन सचेत गराएको छ ।

यस्तै बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न, परीक्षणको दायरा बढाउन र विद्यार्थीको कोरोना बीमा गर्न पनि सरकारसमक्ष अनेरास्ववियूले माग गरेको छ।

यसैगरी अनेरास्ववियूले भदौ १ गतेदेखि भर्ना अभिलेख राख्ने भन्ने सरकारको निर्णयको अपब्याख्या गरी विद्यालय सञ्चालन गर्ने तयारी गरेको भन्दै आपत्ति समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्