नुवाकोटका विद्यालय तत्काल सञ्चालन नगर्न जिल्ला प्रशासनद्वारा आदेश जारी



नुवाकोट,साउन २१ । कोरोना भाइरसको महामारी बढिरहेकाले तत्काल विद्यालय तथा शैक्षिक संस्था संचालन नगर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले आदेश जारी गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले विद्यालय संचालन नगराउन आदेश जारी गरेको हो ।

सूचनामा भनिएको छ-‘सरकारले पठनपाठनको मिति नतोक्दै पढाईको नाममा विद्यालय सञ्चालन गरेको,ट्युसन,कोचिङ सञ्चालन गरेको पाईएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुनेछ।’

जिल्ला प्रशासनद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्