नुवाकोटसहित देशका १२ जिल्लामा लकडाउन सुरु



काठमाडौं, साउन २१ । कोरोना संक्रमण बढ्दै गएपछि हालसम्म १२ वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । पछिल्लो समय कोरोना संक्रमण गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको भनाई छ ।

उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको हो ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ।

‘मंगलबारसम्म सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा कायम छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तह भित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ,’ गृह मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताए।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्