उपचार गर्न नपाउदै कोरोनाले युवतीको लियो ज्यान



काठमाडौं,साउन २१ । उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएकी एक युवतीमा कोरोना संक्रमण पुष्टी भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका–९ की १८ वर्षीय युवती रहेको अस्पताल श्रोतले जनाएको छ ।

युवतीलाई सोमबार पटकपटक बान्ता भएपछि अस्पताल लगिएको थियो । नेसनल मेडिकल कलेज वीरगन्जमा उपचारका लागि ल्याउने क्रममा बाटोमा मृत्यु भएको थियो ।

नारायणी अस्पतालको प्रयोगशालमा गएराति भएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए ।

साउनमा मात्रै पर्सामा कोरोनाका कारण १३ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्