तमु समाज यूकेले नयाँ खरिद गरेको भवनसँग अब दुइटा समाज भवन



लन्डन साउन २१।

बेलायतको च्यारिटी संस्था तमु समाज यूकेले लन्डनमा घर खरिद गरेको छ । ग्रीनफोर्ड ब्रोडवे नजिक करिब ५ लाख पाउण्डमा डिट्याच बङ्लो खरिद गरिएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।

उक्त प्रोपर्टीलाई कसरी उपयोग गर्ने भन्ने निर्णय आजीवन सदस्यहरुको राय सल्लाहमा सेप्टेम्बर दोश्रो सातासम्म गरिने पनि गुरुङले जनाए । काउन्सिलबाट ‘प्लानिङ परमिसन’ लिएर त्यहां धार्मिक गतिविधि, पूजाआजा र सभा सम्मेलन गर्न मिल्ने गरि भौतिक संरचना बनाउने समाजको योजना छ ।

समाजले अहिले करिब आधा रकम डिपोजिट गरेर घर खरिद गरेको हो । खरिद प्रक्रिया सकिएपछि तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ साथै सामाजिक भवन खरिद परियोजनाका संयोजक उपाध्यक्ष शिवकुमार गुरुङले चाबी लिएका छन् ।

सामाजिक भवन खरिद परियोजनाका संयोजक उपाध्यक्ष शिवकुमार गुरुङ हुन् भने अन्य सदस्यहरूमा ज्ञानबहादुर गुरुङ, केदारबहादुर गुरुङ, हरिमान गुरुङ, बिन्दु घले, बिजु गुरुङ, उमादेवी गुरुङ, टिकादेवी गुरुङ, माया गुरुङ, टंकराम गुरुङ र ले। रि। पञ्चबहादुर गुरुङ थिए ।
समाजले अगष्ट २ तारिख आइतबार औपचारिक रुपमा गृह प्रवेश कार्यक्रम भने स्थगित गरेको छ । बेलायत सरकारको निर्देशन अनुसार अहिले जमघट गर्न नमिल्ने भएकाले कार्यक्रम स्थगित गरिएको गुरुङले बताए ।

परिस्थिति अनुकुल भएपछि औपचारिक कार्यक्रम गर्ने योजना संस्थाको छ । अजीवन सदस्य हरु लाई माहसचिब हर्क बहादुर गुरुङ ले छिट्टै घर हेर्नु को लागि बोलौने कार्यक्रम मिलौदै गरेको जानकारी दिएका छन् । बैधानिक परोपकारको क्षेत्रमा कटिबद्ध गैर नाफामुलक च्यारिटेवल सामाजिक संस्था तमु समाज युकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दुस्ख र सुखमा साथ दिंदै आएको छ। बिपत्तिका बेला अर्थिक अभावका कारण कठिनाई भोगिरहेका र कष्टकार जिवन बिताईरहेका स्वदेसका थुप्रै ब्यक्तिहरुलाई यस संस्थाले सकेको सहयोग गरेको छ।

यस बर्ष बिश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९को संक्रमणमा तमु समाज युकेले बेलायतको एन एच एस स्वास्थसेवामा पिपिई खरिदका लागि आर्थिक दान, संस्थाका जेष्ठनागरिकहरुलाई मास्क तथा स्यनिटाईजर बितरण र लकडाउनको समयमा स्वदेस नेपालमा दुखस् परेका र जिवन यापनमा कठिनाई भोगिरहेकाहरुलाई नगद तथा खाध्यन्न बितरण समेत गरि झण्डै चार लाख रुपैञ सहयोग गरेको छ भने हालै पर्वतको दुर्लुङमा पहिरोबाट मानवीय क्षति व्यहोर्न बाध्य तीन परिवार र पहिरोबाट विस्थापित भएका ५ परिवार गरी ८ परिवारलाई राहात स्वरुप ४ लाख ६२ हजार ६ सय ७२ रुपैँया सहयोग उपलब्ध गराएको हो ।

तमु समाज युकेको सामाजिक सकृयता र सदस्यहरुको सदभाबले हालसम्म एक करोड रुपैया भन्दा बडी आर्थिक सहयोग नेपालमा गरि सकेको छ। र यसले हाँसिल गरेका उपलब्धिहरु गर्ब गर्न लायक छन्। बेलायतको राजधानी लण्डनको सडबरी टाउनमा स्थानिय सरकार बाट प्राप्त आफ्नै सामुदायिक भवन रहेको छ। यस समाजले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतीको जगेर्न गर्न तमुहरुको महान पर्व तमु ल्होछार लगायत नेपाली नयाँबर्ष तथा अन्य नेपाली चाडपर्वहरुमा तिज, बैषाख पुर्णिमा तथा बुद्ध जयन्ती र तिहारलाई ठुलो महत्व र भब्यताकासाथ मनाउदै आएको छ, जसले गर्दा प्रवासमा हाम्रा भावि पुस्तालाई आफ्नो मात्रृ भूमि एबं भाषा, संस्कार, संस्कृति र परंम्परा सधै स्नेह र श्रद्दाको आधार तथा प्रेरणाको स्रोत बन्न सकोस भन्ने तमु समाज युकेको चाहाना रहेको छ।

प्रतिक्रिया दिनुहोस्