कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सिंहदरवार प्रवेशमा कडाई



काठमाडौं साउन २१ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ ।

गृह मन्त्रालयका अनुसार सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको छ ।

कोरोनाका संक्रमित बढ्दै गएपछि जोखिम बढेको भन्दै आजदेखि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।अत्यावश्यक बाहेकका सर्वसाधारणको प्रवेशमा कडाइ गरिएको सरकारले जनाएको छ । त्यसका लागि अस्थायी पास बन्द गरिएको सिंहदरबार गण प्रहरीले जनाएको छ ।

सिंहदरबारभित्र कार्यरत कर्मचारी, अत्यवाश्यक काम लिएर पुग्ने व्यक्ति, प्रेस पास लिएका पत्रकारलाई मात्रै प्रवेश दिइएको जनाइएको छ ।संक्रमणको जोखिम बढ्दै गएपछि सिंहदरबारमा चाप कम गर्न यस्तो निर्णय गरिएको सरकारको भनाइ छ ।

यस्तै कर्मचारी र यसअघि नै पास पाइसकेकाको हकमा भने स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर प्रवेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्