एनआरएनए जापान क्युस्युद्वारा जापानमा अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त



जापान साउन २१ । गैर आवासीय नेपाली संघ, एनआरएनए जापान क्युस्युले जापानको क्युस्यु क्षेत्रको कुमामोतो, खागोसिमा, ओइता, सागा ओमुता, कुरुमे लगायत विभिन्न स्थानहरुमा भएको अबिरल बर्षाका कारण धेरै जन धनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

बुधवार एक विज्ञप्ती जारी गर्दै विपतबाट मृत्यु भएकाहरु प्रति श्रदांजली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

गैरआवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमितिको तर्फबाट बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक जानको निमित्त प्रयास गरेका थियौं तर विश्व ब्यापी फैलिएको कोरोनाको कारण सम्भब नभएको हुदा एन आर एन ए क्युस्यु कार्यसमिति ,नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब र फुकुओका नेपाल सोसाइटी बाट आर्थिक संकलन गरी जापानबासी नेपालीहरुको तर्फबाट एकमुष्ट २ लाख जापानिज येन हस्तांतरण गरिएको पनि विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्