वाग्मती प्रदेश: ६८ जना संक्रमित थपिए,कुल संख्या १३३७



काठमाडौ,साउन २१ । बितेको २४ घण्टा अवधिमा बागमती प्रदेशभर ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अन्तर्गतको ५ जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार कोरोना संक्रमण पुष्टि हुनेहरुमा काठमाण्डौमा ५७ जना,मकवानपुरमा ३ जना,ललितपुरमा ५ जना,धादिङमा २ जना र सिन्धुपाल्चोकमा १ जना गरि ६८ जना रहेका छन् ।

यो संगै बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १३ सय ३७ पुगेको छ ।

त्यस्तै हालसम्म प्रदेशमा १० संक्रमितले ज्यान गुमाईसकेका छन् भने ५ सय ४३ संक्रमित उपचार पछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्