ललितपुरको पाटन अस्पतालमा १ कोरोना संक्रमितको मृत्यु



ललितपुर साउन २३ । ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्साको वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनलाई कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि पाटन अस्पतालमा सारिएको थियो । ४५ वर्षीय ती व्यक्तिको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो ।

प्रतिक्रिया दिनुहोस्