चितवनबाट भागेका कोरोना संक्रमित नुवाकोटमा समातिए



साझापथ संवाददाता

नुवाकोट,भदौ १०। चितवनबाट भागेका कोरोना संक्रमित नुवाकोटमा समातिएका छन् । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित नुवाकोटमा पक्राउ परेका हुन । ती ब्यक्तिलाई बुधबार बिहान नुवाकोट बेलकोटगढी-५ स्थित नेपाल प्रहरीले पक्राउ गरेको हो ।

कोरोना संक्रमित ती युवक साइकलमा चढेर जाँदै गर्दा बेलकोट प्रहरीले पक्राउ गरेको बताइएको छ । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएका उनी चोरीको  आरोपमा पक्राउ परेका थिए । उनी मंगलबार त्यहाँबाट भागेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्