अवस्था सामान्य भए भदौ १६ गतेबाट कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने सरकारको तयारी



काठमाडौं भदौ १० ।

सरकारले अवस्था सामान्य भन्दै गएमा भदौ १६ गतेबाट कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने तयारी थालेको छ।

कोरोना संक्रमण कम हुँदै गएमा भदौ १६ बाट भर्ना प्रकृया थाल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिएका छन्। विद्यार्थीमा भर्नाबारे अन्योलता छाएको भन्दै यस विषयमा मन्त्रालय गम्भीर रुपले लागि परेको पनि उनले बताए ।

एसइई परीक्षाको नतिजा प्रकाशित भएपछि विद्यार्थी कहिलेबाट भर्ना खुल्छ भन्दै अन्योलताका बीच बसेका छन। विगतको वर्षहरुमा कक्षा ११ को शैक्षिक सत्र साउन १५ बाट मात्रै सुरु हुने भएकोले यसको हिसाबले यस पटक खासै क्षति नभएको मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्