निषेधाज्ञाको एक हप्तामा काठमाडौं उपत्यकामा ८ हजार बढी सवारी साधनमाथि कारबाही



काठमाडौं भदौ १० ।

निषेधाज्ञाको एक हप्तामा काठमाण्डौ उपत्यकामा ८ हजार १ सय बढी गाडी होल्ड भएका छन् ।

गएको बिहीबारदेखि आज बिहानसम्म ८ हजार १ सय ९१ गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तीमध्ये ६ हजार ५ सय ४७ दुई पाङग्रे गाडी रहेका छन् । चारपाङग्रे १६ सय ४४ वटा होल्ड भएका छन् ।

बुधवार बिहानै निषेधाज्ञाको उलङ्घन गर्ने १ सय ६६ वटा गाडीलाई होल्ड गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौमा गएको बुधबार रातिदेखि आज रातिसम्म निषेधाज्ञा लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्